१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, काठमाडौं । नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए । कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।