२४ पुस ०७७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज(शुक्रबार)बाट सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको साधारण शेयर (आईपीआ)े निष्कासन गरेको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो । यी मध्ये कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३ सय ६४ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७ सय ५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । १३ लाख ९६ हजार २२ कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९ सय १० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । केही समयअघि पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८ सय १९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र देशभर रहेका शाखाहरुबाट आवेदन दिन सक्छन् । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गरेकोे हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९ सय ६० कित्ताका लागि आवेदन दिन पाउनेछन् । यस चन्द्रागिरी हिल्सको
यो आईपीओको छिटोमा पुस २८ गते र ढिलामा माघ ९ गते बैंकिङ समयपछि निष्कासन बन्द हुनेछ । पछिल्लो समय साधारण शेयर (आइपीओ)मा करिब १२ लाख आवेदकले भर्ने गरेकोले सम्भवतः पुस २८ गतेसम्म नै धेरैले शेयर भरिसक्ने अनुमान गर्न सकिन्छ । १२ लाख सर्वधारणले १३ लाख कित्ता शेयर भर्ने हुँदा सबैलाई शेयर भाग नपर्ने हुँदा चिठ्ठा प्रणलीबाट बााडफाँड हुने देखिन्छ । त्यसैले १० कित्ता भन्दा धेरै शेयर नभर्नु नै बुद्धिमानी हुनसक्छ ।
कम्पनीले केही बर्ष अघि नै काठमाडौ.को थानकोटदेखि चन्द्रगिरी चुचुरोसम्म केलुलकार परियोजना संचालनमा ल्याइसकेको छ । चन्द्रगिरीमै पाँच तारे होटल पनि संचालनमा आइसकेको छ ।
प्रतिक्रिया