४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना माहामारीका कारण राजधानी टोकियोमा सङ्कटकाल घोषणा


२४ पुस २०७७, शुक्रबार  

0
Shares


२४ पुस ०७७, टोकियो । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।
जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताएका छन् ।
अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गरेका छन् । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका हन् ।

“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने।
सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पु¥याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४ सय ४८ जना थपिएका छन । देशभरी सात हजार ४ सय ९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् ।
जापानमा अहिलेसम्म तीन हजार ७ सयभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : १४ बजे