७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा १ लाख २२ हजार कोरोना संक्रमित


२४ पुस २०७७, शुक्रबार  

0
Shares

२४ पुस ०७७, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९० महिला र ११७ पुरुष गरी २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा कुल संक्रमितको संख्या १ लाख २२ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षणमा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ५ हजार २१ सक्रिय संक्रमितको संख्या रहेको छ ।
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ५८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ३४ बजे