७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संविधान पढ्न प्रधानमन्त्रीको आग्रह


२४ पुस २०७७, शुक्रबार  

0
Shares

 नेपाल कम्युनिष्ट पार्टी(नेकपा) द्धारा शुक्रबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओली प्रस्थान गर्नुहुँदै । तस्वीर ः मीन ठकुरी,/रासस

२४ पुस ०७७, धनगढी । प्रतिनिधिसभा विघटन संवैधानिक भए नभएको विषयमा पछिल्ला दिनमा विवाद भइरहँदा प्रधानमन्त्री केपी ओलीले संविधान पढ्न आग्रह गरेका छन् । संसद विघटन असंबैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । धनगढीमा शुक्रबार आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गरे ।
महाकालीबाट दश क्युसेक पानी छाड्ने सहमति
प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भने, “बाहिर बाहिर राष्ट्रवादी देखिन,े भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् । प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताए ।
प्रधानमन्त्रीले चाँदनी दोधारामा सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, सेती लोकमार्ग र महाकाली करिडरको निर्माणको काम अघि बढाउन लागिएको, गेटा विमानस्थलको थप स्तरोन्नतिको पहल गरिएको र निर्माणाधीन गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालनको तयारी भइरहेको तथा दार्चुलाको छाङ्रुमा मोटरेबल बाटो पु¥याउने र बैतडीमा फोस्फरस खानीको विकास गरिने जानकारी पनि दिए ।
प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा आज सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा सुदूरपश्चिमका संयोजक एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पनि समसामयिक विषयमा बोलेका थिए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : १४ बजे