७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हात्तीको करेन्ट लागेर मृत्यु


२५ पुस २०७७, शनिबार  

0
Shares

सप्तरीको खडक नगरपालिका–४ स्थित अमहामा शनिबार बिहान करेन्ट लागेर मृत्यु भएका भाले हात्ती । तस्वीर ः अरुणकुमार यादव\रासस

२५ पुस ०७७, सप्तरी । सप्तरीको खडक नगरपालिका ४ अमहामा आज बिहान (शनिबार) करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिक रुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिएका छन् ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । हात्तीको मृत्युको घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताए ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : १६ बजे