८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, जलेश्वर । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आइतबार बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उहाँलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए । बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी थिए । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाउनुभएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ४३ बजे