७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुुरमा हालसम्म १५ हजार १५४ कोरोना संक्रमित निको


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, ललितपुर । ललितपुरमा १८ सहित आइतबार काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९८ हजार ६९९ जना संक्रमित भएका छन्, जसमध्ये ४८० जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ११३ जना निको भएका छन्।

ललितपुरमा १५ हजार ५४६ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार १५४ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार ३९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८८२५ जना निको भएका छन्।

नेपालमा आइतबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३३९९ जनाको पिसिआर परीक्षणमा २५९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर हाल २ सय ३५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९१ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ४१ बजे