१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनका सबै प्रक्रिया रोक्‍न माग गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोगमा


२७ पुस २०७७, सोमबार  

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष निर्वाचन गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवाद टुंगो नै नलागेको अवस्थामा आयोगले चुनावी गतिविधि गर्नु नहुने भन्दै दुवै अध्यक्ष आयोगमा पुगेका हुन् ।
सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो।
सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ। नेकपाको आइतबार बसेको सचिवालय बैठकले पनि निर्वाचनको गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको थियो। सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेर नयाँ निर्वाचन मिति घोषणा गरेकी थिइन्।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।