२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर मेयर कपमा लुम्बिनी र प्रदेश १ भिड्दै




२३ चैत ०७७, ललितपुर । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ बीच खेल हुँदैछ ।
खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । आइतबार भएको खेलमा मेयर–११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।

प्रतियोगितामा एपीएफ, प्रदेश–१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।