७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘तत्काल लकडाउन हुँदैन’



२४ चैत ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाको सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने सरकारको योजना नरहेको बताएका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज मंगलबारको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोरोना सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने त्रिपाठीको भनाइ छ । मन्त्री त्रिपाठीले भने, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइनेछ ।” समितिअन्र्तगत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै मन्त्रीले सीमा क्षेत्रमा कडाइ गर्ने योजना रहेको जानकारी दिएका छन् ।
समितिले पछिल्लो समय छिमेकी देशमा कोरोनाको लहर पुनः बढ्दो क्रममा देखिएकाले सरकारले यससम्बन्धी आवश्यक सर्तकता अपनाउन विशेष पहल गर्नुपर्ने भन्दै उपसमिति गठन गरिएको थियो । यही चैत ११ गतेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति जयपुरी घर्तीसमक्ष प्रतिवेदन पेस गरेका थिए । कोरोना सङ्क्रमणको महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव उपसमितिले दिएको छ ।

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाउन तथा जतिसक्दो चाँडो खोप उपलब्ध गराउन पनि उपसमितिले सुझाव दिएको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि गत भदौ ९ गते बसेको समितिको बैठकले सांसद श्रेष्ठको संयोजकत्वमा अन्जना विशङ्खे, एकवाल मियाँ, तिलकबहादुर महत क्षेत्री, नमिताकुमारी चौधरी, सन्तकुमार थारु र सरिता न्यौपाने सदस्य रहेको सात सदस्यीय उपसमिति गठन गरेको थियो ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : २५ बजे