७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रात्रिकालीन व्यवसायहरु राति ९ बजेसम्म मात्र खोल्न सरकारको आग्रह(विज्ञप्तिसहित)




२५ चैत ०७७, काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायहरु राति ९ बजेसम्म मात्र खोल्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो । देशभर कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गरेका छन् ।

मन्त्रालयले संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

त्यस्तै मन्त्रालयले ठुला शहरहरूमा एक हजार र साना शहरहरूमा ५ सय भन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ ।

मन्त्रालयले काठमाडौं, पोखरा लगायत ठुला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर संक्रमणको उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : ४३ बजे