७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार ललितपुरमा २६, काठमाडौंमा ९८ र भक्तपुरमा १९ जनामा भाइरस सङ्क्रमण पुष्टि




२५ चैत ०७७, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १ सय जनाको स्वास्थ्य परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय १ सय ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना रहेका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार ७ सय ६८ पुगेको छ ।
पछिल्लो समय थप ७४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ५ सय २९ रहेको छ । निको हुने दर भने ९८ दशमलव १ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २ सय १ रहेको छ । उनीहरुमध्ये ६५ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा रहेका छन् ।
हालसम्म नेपालमा २२ लाख ९८ हजार १ सय ६७ को पिसिआर परीक्षण भएको छ । तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक जना र पहिले नै मृत्यु भएका दुई जनाको आज कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०५ बजे