९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिंगटी हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँट




२६ चैत ०७७, ललितपुर । सिंगटी हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आइपिओ बाँडफाँड हुने भएको हो।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपिओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपिओ ९.१६ गुणा भन्दा धेरै हो।

माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने अन्यको हात खाली हुनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ३ : ३८ बजे