७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२६ सहसचिव, उपसचिव र सीडीओको सरुवा(सूचीसहित)




२६ चैत ०७७, काठमाडौं । गृह मन्त्रालयले २६ सहसचिव/उपसचिवको सरूवा तथा पदस्थापना गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले गरेको निर्णयअनुसार अध्यागमन विभागका महानिर्देशक फेरिएका छन्। यस्तै, केही जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईको सरूवा भएको छ।

यस्तै, बाँकेमा शिवराम गेलाललाई प्रमुख जिल्ला अधिकारी पठाइएको छ।

धर्मेन्द्र मिश्र नवलपरासी पश्चिमको सिडिओ सरूवा भएका छन्। सुशील वैद्य प्रमुख अध्यागमन अधिकृतको रूपमा अध्यागमन विभाग पठाइएका छन्।

लमजुङमा होमप्रसाद लुइँटेल गएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनिता निरौला र विश्वप्रकाश अर्यालको सरूवा भएको छ।

बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, मकवानपुरमा भरतमणि पाण्डे, गोविन्दप्रसाद रिजालको गृह मन्त्रालय, जनार्दन गौतमको अध्यागमन कार्यालय रुपन्देही, सागरमणि पाठकको गृह मन्त्रालय, मोहनराज जोशीको रुपन्देही, उपसमित शंकरबहादुर विष्टको बाँके, रामबहादुर कुरुङवाङको इलाका प्रशासन कार्यालय टिकापुर, गोपालकुमार अधिकारीको बाजुरा सरूवा भएको छ।
कृष्णप्रसाद गैरेको कारागार कार्यालय पर्सा, भीमप्रसाद भट्टराईको चितवन, गुरुदत्त ढकालको इलाका प्रशासन कार्यालय कास्की, कृष्णचन्द्र पौडैलको कास्की, उपेन्द्रराज पौडेलको इलाका प्रशासन कार्यालय बुटवल, नरेन्द्रकुमार रानाको गृह मन्त्रालय, सुवासकुमार लामिछाने र कृष्णप्रसाद शर्माको कारागार कार्यालय मोरङ सरूवा भएको छ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ६ : ४२ बजे