९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने




२७ चैत ०७७, काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रु १ सय अङ्कित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको छ । यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : ४३ बजे