१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘हामी अझै एकताको झण्डा उठाउँछौ’



फाइल तस्विर : ललितपुर खबर

२८ चैत ०७७, काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् ।
पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गरे ।
पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै प्रचण्डले भने, “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।” उनले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको बताए । कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
आजै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले वर्तमान सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरे । प्रचण्डलले दुईतिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु विडम्बना भएको उल्लेख गर्दै उनले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्च अदालतले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताए ।

उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइएको समेत स्मरण गरे । अध्यक्ष दाहालले संसद् पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक निर्णय भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधीको रूपमा आएको बताए ।
जनतामा गएर आफ्ना कुरा बुझाउनुको विकल्प नभएको बताउँदै उनले मजदुर र किसानलाई सङ्गठित गर्न लागिपर्ने धारणा राखे । उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका थिए । सङ्घीय निजामती सेवासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पास भए पनि सरकारकै कारण सदनबाट पास हुन नदिइएको उनको भनाइ थियो । प्रचण्डले कर्मचारी समायोजनसम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भए पनि पारित हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताएका थिए ।

 

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ३४ बजे