७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार ३ सय ३७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि




२८ चैत ०७७, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५ सय ३२ जनाको स्वास्थ्य परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । पछिल्लो समय थप १ सय ५१ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८ सय रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख नौ हजार ७ सय ७६ को पिसिआर परीक्षण भएको छ ।
तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ४२ बजे