९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


टिकाभैरवमा खुल्यो कालिज एग्रो रिर्सोट




ललितपुर खबर
२९ चैत ०७७,टिकाभैरव । ललितपुरको टिकाभैरवमा कालिज भ्यु एर्गो रिर्सोट खुलेको छ । शनिबारबाट औपचारिक रुपमा रिर्सोट खुलेको संचालक प्रकाश डोटेलले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
रिर्सोटबाट मनोरम लेले फाँटको दृश्यावलोकनसँगै कालिजको चिरविर आवाज सुनेर रिर्सोटमा दिन विताउन सकिने संचालन डोटेलले ललितपुर खबरसँग बताए ।
उनले भने,‘हामीले एक वर्षदेखि टिकाभैरवको रानागाँउमा कालिज पाल्दै आएका थियौं । हामीले कालिजपालनसँगै रिर्सोट आफ्नै करेसाबारीका अर्गानिक तरकारी प्रयोग उद्देश्यले सुरु गर्रौं ।’


रिर्सोटमा कालिजका विभिन्न परिकार खान मिल्ने सुविधा रहेको उनले बताए । उनका अनुसार मौलि फुडसँगै मिठा परिकार पस्कने रिसोैटको उद्देश्य छ ।
भने, अहिले २ वटा डिलक्स रुमसहितको रिर्सोट संचालनमा आएको छ । यसलाई विस्तार गर्दै लैजाने छौं ।
तिब्र शहरीकारणको हावालृ नछोएको टिकाभैरवका मौलिक काँँठको वातावरण रहेको छ । चापागाँउ लेले सडक विस्तारको अन्तिम चरणमा रहेकाले अव आउन जान सजिलो रहेको उनले बताए । सातदोवाटोबाट १२ किलोमिटरको दुरीमा रहेको टिकाभैरव सुन्दर र शान्त छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ३४ बजे