२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘काँग्रेसको महाधिवेशन प्रभावित पार्ने बहाना भइरहेको छ’



२९ चैत ०७७, काठमाडौ । काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेको बताएका छन् । नेता सिंहले आम नेता तथा कार्यकर्ता यो बेला चनाखो हुनुपर्ने बेला आएको विचार व्यक्त गरेका छन् ।

नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका हुन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज आइतबार काठमाडौंमा आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता लाग्नु पर्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहीसकेका सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए । नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधँै देश र जनताको हितमा काम गरेको स्मरणसमेत गर्दै अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने भनाइ राखे । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।