२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा वृद्धि




३० चैत ०७७, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ। सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सातादेखि सुनको मूल्य लगातार बढ्दै ८७ हजार ५ सयबाट ८९ हजार ६ सय रुपैयाँसम्म पुगेको छ।
सोमबार चाँदीको मूल्य भने प्रतितोला १२ सय ७५ रुपैयाँमा स्थिर छ। आइतबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।