७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ट्र्याक्टर दुर्घटनामा छ जनाको मृत्यु



फाइल तस्बिर

३० चैत ०७७, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका ११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज सोमबार बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ती नगरपालिका ४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका ४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।
एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना१ त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब २ सय मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १२ : ४२ बजे