२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा ४४ सहित नेपालमा थप ५५९ जनामा संक्रमण




३० चैत ०७७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।