७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौँमा १ सय ५९, ललितपुरमा ४४ जना कोरोना सङ्क्रमित




३० चैत ०७७, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप काठमाडौँमा १ सय ५९, ललितपुरमा ४४ कोरोना संक्रमित फेला परेका छन् । यो संगै ददेशभर भने ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ३ सय ७८ जनाको पिसिआर र ७ सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ सय ९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १ सय ५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ सय ३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७४ हजार १ सय ६५ पुगेको छ । निको हुने दर भने ९७ दशमलव सात प्रतिशत रहेको छ ।
अहिले देशभर तीन हजार ३ सय ६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ क्वारेन्टिनमा छन् । बाँकी आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख १७ हजार २ सय ८४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ०७ बजे