
३१ चैत ०७७, काठमाडौं । यो वर्षको अन्तिम दिन मंगलबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।








प्रतिक्रिया