७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार थप ५ सय १७ मा कोरोना सङ्क्रमण पुष्टि




३१ चैत ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय १७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २ सय ३ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमा चार हजार ३ सय ८६ जनाको पिसीआर र ८ सय १७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ६१, त्यसपछि ललितपुरमा २६ र भक्तपुरमा १२ थपिएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९ सय ८४ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १ सय ५३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । निको हुने दर भने ९७ दशमलब ६ प्रतिशत छ ।

अहिले देशभर तीन हजार ६ सय ८ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख २१ हजार ६ सय ७० को पिसीआर परीक्षण भएको छ ।
पछिल्लो समय कोरोनाका कारण पाँचको मृत्यु भएको छ । हालसम्मा तीन हजार ५८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : २१ बजे