७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा २८ जनामा कोरोना संक्रमण



३१ चैत ०७७, ललितपुर । ललितपुरमा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५०० भन्दा माथि पुगेको छ । मंगलबार पाँच हजार २०३ जनामा भएको पीसीआर परीक्षणमा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, २४ घण्टामा संक्रमणका कारण पाँच जनाको निधन भएको छ । हालसम्म कुल तीन हजार ५८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका १६१ जना, ललितपुरका २८ जना र भक्तपुरका १२ जना छन् ।

एक दिनमा कोरोना जित्नेको संख्या भने १५३ रहेको छ । देशभरमा अहिलेसम्म कुल दुई लाख ८० हजार ९८४ जनामा कोरोना संक्रमित भएका छन् भने दुई लाख ७४ हजार ३१८ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ४१ बजे