७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार थप ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण




१ वैशाख ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २ सय ८९ पीसिआर परीक्षणबाट ५ सय ८० र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २ सय ५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४ सय ४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय २९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४ सय ५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५ सय ९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । तीन सङ्क्रमितको मृत्यु पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : २० बजे