१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा शेखर सुवेदी इच्छुक




२ वैशाख ०७७,काठमाडौँ । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चासँगै ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन लागिपरेका छन् अभिनेता शेखर सुवेदी । फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन् ।
गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिन्छन् । केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा देखिएका छैनन् ।
हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास अभिनेता सुवेदीको छ । ‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’ सुवेदीले भने ।
अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट रहेको उनको दाबी छ । ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ ।

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।