९ पुस २०८१, मंगलबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक




२ बैशाख ०७८, काठमाडौं । संसारकै अग्रणी स्मार्ट फोन ओपोले नेपालमा नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस फोनमा ६.५१ ईञ्च पञ्च होल डिस्प्ले सहितको १२८ जीबी रोम रहेको कम्पनीले जानकारी दिएको छ ।
मोवाइलको एसिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ गरिएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार यसमा रहेको ५०००एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने सकिने कम्पनीको दावी छ ।
कम्पनीद्वारा जारी यस मोवाइलका विशेषता यस प्रकार छन् :
ब्याट्री र चार्जिङ
ओपो ए५४मा जडित ५००० एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्ण रुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि गर्न सकिन्छ वा १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ वा २३ घण्टा ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ । ए५४ मा ८ सय पटक सम्म ढुक्क भई फोनको चार्ज गर्न सकियोस् भन्ने सोचका साथ सेफ्टी फिचर्स पनि दिइएको छ । ए५४ मा चार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभर चार्ज वा ओभर(डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभर करेन्ट प्रोटेक्शनलगायत चार्जिङ प्रोटेक्शन डिजाइन पनि दिइएको छ । दूई दिनको पूर्ण प्रयोग पछि पूणः फोन चार्ज गर्नुपर्दा ए५४ मा समाहित १८ वाट फास्ट चार्जले मात्र २ घण्टा २३ मिनेट भित्रै फोनलाई पूर्ण रुपमा चार्ज गर्छ । टाइप(सी कनेक्टरको प्रयोग हुने ए५४ मा सुपर पावर सेभिङ मोड, सुपर नाइट टाइम स्ट्यान्डबाई, अप्टिमाइज्ड नाइट चार्जिङ स्मार्ट टेम्परेचर कन्ट्रोल लगायत चार्जिङका बखत सुरक्षा प्रदान गर्ने फिचर्स पनि दिइएका छन् ।
रोम र डिस्प्ले
४ जीबी ¥याम र १२८ जीबी रोम सहितको ए ५४ मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन् । मिडिया टेक हेलियो पी३५ (एमटी६७६५) ओक्टा(कोर प्रोशेसर जडित ए ५४ मा हाईपर बुस्ट, डुअल च्यानल एक्सिलिरेशन (मोबाइल नेटवर्क वावाईफाई बिच विना रोकावट स्विट्च गर्न सघाउने) सपोर्टका साथै तुलनात्मक रुपमा ठूलो अवाज फाल्ने क्षमता सहितको स्पिकरको पनि ब्यवस्था गरिएको छ । फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी स्लस स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभवन् यून ब्राइटनेसका साथ प्रदान गर्छ । यसमा ८९.२% स्क्रिन टू बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसको फ्रण्ट क्यामेराको वरपर रहेको रिंग, चहकिलो सेल्फीका लागि बल्ने पनि गर्छ । त्यसैगरी ए५४मा हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुन लाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ । समयसंगै प्रयोगकर्ताको ब्राइटनेस प्रिफरेन्स (प्राथमिकता)का बारेमा जानकारी राख्दै फोनले स्वचालित रुपमा स्क्रिनको ब्राइटनेस सेटिङ समायोजन गर्ने क्षमताका लागि यसमा एआई ब्याकलाइटिङ फिचरको पनि ब्यवस्था गरिएको छ । ए५४ले प्रयोगकर्तामा फोनको प्रयोगका कारण सम्भावित जोखिम न्यूनिकरणका लागि नीलो प्रकाशको प्रयोग सकेसम्म न्यून मात्रा गर्छ ।

डिजाइन र सेल्फी
ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ । फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ । यसले गर्दा फोन बलियो र सजिलै नबांगिने हुनुका साथै बोक्दा आरामदायी अनुभव समेत प्राप्त हुन्छ । ए५४को वजन १९२ग्राम र मोटाई जम्मा ८.४एमएम छ ।

फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगर प्रिन्ट अनलक प्रविधि पनि उपलब्ध गरिएका छन् । ए५४मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेराले आउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ । यसमा रहेका रियर क्यामेराले १३ एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २ एमपी माक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ एमपीबोके क्यामेराको प्रयोग गर्छ । त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्विरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजलकलर, एआई सिन रिकग्निशनलगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुबैका लागि १५ ओटा उत्कृष्ट फिल्टर्स र १८० डिग्री प्यानारोमा फिचर पनि फोन माउपलब्ध छन् ।
ए५४माएआई ब्यूटिफिशेन सुविधा सहितको १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके ईफेक्टका साथै तस्विर मा ब्यूटिफिकेशन र फिल्टर्सको सुविधा पनि प्रदान गर्छ । फोनको रियर क्यामेराले ९० एफपी एसमा ७२०पी को स्लो(मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्स पनि उपलब्ध छ ।

प्रिमियम गुणस्तर र सहजता
ओपो ए५४ले ए सिरिजका प्रमुख विशेषतालाई निरन्तरता दिँदै डिजाइनदेखि सुरक्षा फिचर्सका साथै उच्च गुणस्तर र प्रयोगकर्ताको सहजतालाई विशेष प्राथमिकता दिएको देखिन्छ । फोनमा दिइएको कलरओस ७.२ मार्फत कम्पनीले ब्ल्याक स्क्रिन मोड पनि उपलब्ध गराएको छ । यो फिचरले ब्याटी बचतका लागि उल्लेख्य सहयोग प्रदान गर्छ । साथै कलर ओएस७.२ले तस्विरमा रहेका अक्षरलाई प्रयोगकर्ताले बुझ्ने भाषामा अनुवाद गर्न सघाउने फोटो ट्रान्सलेटर फिचर पनि उपलब्ध गराउँछ ।
फोनको प्रिमियम गुणस्तरलाइ अझ माथी लैजान कम्पनीले ए५४ मार्फत, ल्याबोरेटरी सेटिङ कन्डिशनमा ईन्डष्ट्रि स्ट्याण्डर्ड आईपीएक्स ४ वाटरप्रुफ प्राप्त गरेको छ । यसका साथै ५ तहको सुरक्षा उपलब्ध गराउन कम्पनीले ¥याडिएशन, क्लाइमेट, स्लाइट ड्रप र सिग्नललगायत अन्य प्रिसिजन क्वालिटी ट्स्ट पनि अपनाएको छ । फोनमा गुणस्तरको सुनिश्चितताका लागि ए५४ले ५० प्रडक्शन प्रोेसेस कन्ट्रोल, १३० भन्दा बढी अल्ट्रा(रिगोरियोस रिलाइबिलिटी टेस्ट्स र ३२० भन्दा बढी एक्स्पेरिमेन्टल टेस्ट्समा पनि सफलतापूर्वक उत्तिर्ण भएपश्चात मात्र बजारमा ल्याइन्छ ।
बजार उपलब्धता
ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४जीबी ¥यामर १२८ जीबी रोम सुुसज्जित ओपो ए५४को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ३८ बजे