७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत




३ वैशाख ०७७, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएकासँगै सरकार जोगिएको छ ।
मुख्यमन्त्री शाहअीले प्रदेशसभाको साताँै अधिवेशनको पहिलो बैठकमा आज शुक्रबार विश्वासको मत लिएको हुन् । सभामुख राजबहादुर शाही यो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । अहिले प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् ।
प्रदेशसभामाकायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिएका थिए ।
कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : २० बजे