५ वैशाख ०७७, काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।
नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।
थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर उनी ६ महिनाका लागि मन्त्री बन्न सक्नेछन्।
प्रतिक्रिया