७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी केन्द्रको बैठक स्थगित



६ वैशाख ०७७, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरिएको छ । सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलबार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो । समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : १४ बजे