८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सूर्यविनायकमा प्रथम मेयर कप फुटसल प्रतियोगिता हुने



६ वैशाख ०७७, काठमाडौं । सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित सिपाडोल युवा समाजले आयोजना गर्ने प्रतियोगिताको तयारी पूरा भएको सुनपा–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

यही वैशाख ९ र १० गते आयोजना हुने प्रतियोगितामा ती वडाका ११ टिमबीच प्रतिस्पर्धा हुने समाजका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु १० हजार र उत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समाजका सचिव प्रदीप रिसालले बताए ।

कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनगर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गरिने भएको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ४९ बजे