७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबार थपिए दुई हजार ५ सय ५९ कोरोना सङ्क्रमित



१० चैत ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६ सय १ पुगेको छ । थप आठ हजार ७  सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८  सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २ सय पुगेको छ ।  प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९ सय ६५ रहेका छन् । चौध हजार ७  सय २४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन् । सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४  सय २६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई लाख ७६ हजार ७  सय ५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत  छ । पछिल्लो २४ घण्टामा देशभर ४ सय १० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १४ हजार ७  सय २४ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ । यो उमेर समूहमा ५  सय ७५, ३०–३९ मा ५  सय ५५ र ९०–१ सय उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५  सय ७८, संस्थागत एक हजार १ सय ४६, आईसीयू १ सय ७३ र भेन्टिलेटरमा ५७ जना छन् । देशभर आईसीयू शय्यामा एक हजार १ सय ८० र भेन्टिेलेटरमा ५ सय १२ जना छन् । हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २  सय ३९ पुगेको छ

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १ सय २२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : २१ बजे