१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा १४१ सहित नेपालमा थप २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण




११ वैशाख ०७७, काठमाडौं । ललितपुरमा १४१ सहित नेपालमा एकैदिन थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै

कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।