१२ वैशाख ०७८, काठमाडौं । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको हो ।
बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिएका छन् । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आइतबार आकस्मिक बैठक बोलाइएको हो । यसअघि यही वैशाख १० गते बसेको बैठकले २ सय ६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो । बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो ।
प्रतिक्रिया