७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा २ सय २३ सहित नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण(ग्राफसहित)




१३ वैशाख ०७८, काठमाडौं । ललितपुरमा २ सय २३ सहित नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा देशभरमा भएको १३ हजार २ सय ९३ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ४०० आरटि पीसीआर परीक्षण र ८ सय ९३ एन्टिजेन परीक्षण भएको थियो ।

यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ रहेको छ । हालसम्म देशमा कुल तीन हजार १७६ जना संक्रमितको निधन भइसकेको छ । सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने ३ सय ७८ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख तीन हजार ५ सय ६१ र संक्रमण जित्नेको संख्या दुई लाख ७७ हजार ९ सय ५१ रहेको छ ।

आज काठमाडौंमा एक हजार ५ सय ६७ जना, ललितपुरमा २ सय २३ जना र भक्तपुरमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन एक हजार ९ सय १२ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल क्वारेन्टिनमा ६५ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे २० देखि २९ वर्षसम्मका ८ सय ६३ जना र ३० देखि ३९ वर्षभित्रका ८ सय ५० जना रहेको छ ।

सय

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ४० बजे