७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं, ललितपुर र भक्तपुरसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा




१४ वैशाख ०७८, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीबारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ५२ बजे