२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


निषेधाज्ञामा सेयर बजार खुला



१४ वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा पनि सेयर बजार खुला हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले एक सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने जनाएको हो। अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुँदैछ । सरकारले २ हप्तासम्म निषेधाज्ञा हुने जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।