
१४ वैशाख ०७८, झरुवाराशी ललितपुर । ललितपुरको झरुवाराशीको एक स्कूलमा चोरी भएको छ । गोदावरी नगरपालिका १३ झरुवारासीस्थित जन विकास माध्यमिक विद्यालयको भवनमा पछाडी झ्यालको ग्रिल तोडी चोही भएको छ । चोरीपछि करिब ३ लाख ६६ हजार ९ सय ९२ रुपैयाँ बराबरको १३ थान कम्प्युटर सोमबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।
विद्यालयकी प्रधानाध्यापक सितादेवि कुवँर (केसी)ले गोदावरी नगरपालिकाको नगर शिक्षाको बजेटबाट कम्प्युटर किनेको १०\१२ दिनमै चोरी भएको बताइन् । उनले भनिन्, ‘विद्यार्थीले स्कूलको झ्याल खोलेको छ भनेर भनेपछि हेर्दा कम्प्युटर चोरी भएको पाइएको हो ।’ उनका अनुसार पुराना ३ वटा कम्प्युटर भने चोरी नभएको कारण जाने बुझेकै व्यक्तिले चोरी गरेको आशंका लागेको बताइन् । यस कम्प्युटरको हिसाव किताव अझैं फच्यौट भइनसकेको उनको भनाई छ । विद्यालयमा इन्टरनेट नजोडि सकेको कारण कम्प्युटर खासै प्रयोग गरिएको थिएन । केही कम्प्युटरमा विद्याथीृहरुले पासवर्ड समेत राखेका थिए ।
केही दिनअघि विद्यालयपरिसरमा रातको समयमा विद्यार्थीहरु ओहोर दोहोर गरेका र विद्यार्थीहरु आपसमा झगडा गरेको आधारमा प्रहरीले केही विद्यार्थीलाई सोधपुछका लागि लगेको उनले बताइन् । भनिन्, ‘हिसाव फच्यौट पनि भएको छैन हामीलाई साह्रै आपत परेको छ ।’
महानगरिय प्रहरी बृत्त चापागाँउका एक प्रहरीका अनुसार अनुसन्धानका क्रममा २ जना महिला र २ जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । १ जना आरोपी फरार रहेकाले खोजी भइरहेको छ । उनले भने, ‘हामी छिट्टै अनुसन्धान पुरा गर्ने क्रममा छौं ।’
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया