ललितपुर खबर
१४ वैशाख ०७८, चापागाँउ । कोरोना भाइरसको दोश्रो लहर युके भेरियन्ट फैलिएसँगै सरकारले निषेधाज्ञा लागू गर्ने भएको छ । यही सन्दर्भमा प्रहरीले सक्रियता बढाएको छ ।
ललितपुरको चापागाँउ र सुनाकोठीमा जात्रा सुरु भएको छ । जात्रामा भीडभाड बढ्दा समाजका कोरोना फैलिने र विकराल रुप दिने आशंकामा प्रहरीले सचेतना कार्यक्रम सँगसँगै सुरु गरेको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका एक प्रहरीले जात्रा पर्वमा मास्क निशुल्क वितरण गरिएको जानकारी दिए । उनका अनुसार मंगलबार विहान चापागाँउ बजारमा माइकिङसँगै सचेतनामुलक व्यानर प्रर्दशन गरिएको थियो ।
जात्रामा सहभागीहरुको भीड नै देख्न सकिन्थ्यो । धेरै जात्रालुहरुले मास्क लगाएका थिए । मंगलबार चापागाँउमा बज्रवाराहीको जात्रा चलिरहेको छ भने सुनाकोठीमा वालकुमारी। कुमारलगायतको ढल टोलटोलमा पु¥याई जात्रा मनाइन्छ ।
राजधानीका नेवार समुदायले कोरोना सर्तकतासँगै जात्रा पर्वलाई निरन्तरता दिने बताइरहेका छन् ।
प्रतिक्रिया