१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा ३५१ सहित नेपालमा थप ४८ सय ९७ मा कोरोना संक्रमण, थप १७ को मृत्यु




१५ वैशाख ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४८ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ११ पुगेको छ।

गत २४ घण्टा ७७३ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।