३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा २५२ सहित नेपालमा थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु




१६ वैशाख ०७८, काठमाडौं । ललितपुरमा २ सय ५२ सहित नेपालमा बिहीबार थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ। यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।