८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सुपर लिगमा अङ्क बाँडे ललितपुर र धनगढीले



फाइल तस्विर

१७ वैशाख ०७८, काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गरेका थिए । खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीयो ।
खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पारे । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उनले पहेलो कार्ड पाए । सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पु¥यायो । उसका लागि रञ्जन विष्टले गोल गरे । एक एक गोलको बराबरी खेलेपछि दुवैैले एक एक अङ्क बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अङ्क छ भने लतिलपुरको तीन खेलमा दुई अङ्क छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ५८ बजे