२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २४९५ सहित नेपालमा थप ५७६३ जनामा कोरोना संक्रमण




१८ वैशाख ०७८, ललितपुर । नेपालमा शनिबार थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन्।

यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।