७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कोरोना माहामारीकाबीच पाटनमा बन्दैछ मच्छिन्द्रनाथको रथ (भिडियो र तस्विरहरु)



ललितपुर खबर
१८ वैशाख ०७८,पुल्चोक । शनिबार ठिक ११ बजे ललितपुरको पुल्चोकमा स्थानीय महर्जन र डंगोलहरु वेतले रातो मच्छिन्द्रनाथको रथ कस्दै थिए । केहि समय अघि नै वाराही समुदायले काठको काम सकेर फर्किसकेका थिए ।
उता रथ बनाइरहेको ठाँउ पुल्चोकस्थित दमकल चोक सुनसान थियो । सडकमा फाट्टफुट्ट गाडी गुडिरहेका थिए । रथ निर्माणमा संलग्नहरु बाहिरका मान्छेलाई अजिक नआउन सुझाई रहेका थिए ।


ललितपुरको लगनखेलमा गतविहीबार मच्छिन्द्रनाथको महास्थान गरिएसँगै यो रथ निर्माण सुरु भएको हो ।
अघिल्लो बर्ष कोरोना माहामारीपछि रातो मच्छिन्द्रनाथको रथयात्रा पुरा हुन सकेन । विधि पुरा गरेर केही अगाडिसम्म रथ यात्रापछि जात्रा विर्सजन गरिएको थियो ।
यही कोरोना माहामारीको दोश्रो संस्करण सुरु भएसँगै यो बर्ष पनि रथयात्रा हुन सम्भव हुँदैन कि भन्ने पाटनबासीमा संसय छ । तर राजधानीमा कोरोना सर्तकताबीच जात्रा पर्व सुचारु भएसँगै रथ निर्माण सुरु भएको हो ।


रातो मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाकै लामो हो । राष्ट्रप्रमुख, कार्यकारी प्रमुखलगायत संबैधानिक निकायको सहभागीतामा भोटो देखाउने कार्यक्रमले यसलाई झन् भव्य बनाउछ ।
पाटनमात्रै होइन भक्तपुर, किर्तिपुर,टोखालगायत शहरका सबै बस्तीबाट हजारौ सहभागी जात्रा हेर्न आउदा पाटनका हरेक टोल उत्सवमय बन्छ । हेरौ रथ निर्माणको तस्विर र भिडियो :

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ५३ बजे