२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलिले वैशाख २७ गते विश्वासको मत लिने




१९ वैशाख ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले यसै प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ४६ बजे