२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना माहामारीपछि देशभरका ४२ जिल्लामा निषेधाज्ञा




२० वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेपछि ती जिल्लाहरुको संख्या ४२ पुगेको छ ।
पछिल्लो १ महिनादेखि निरन्तर रुपमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचना अनुसार आज बिहानदेखि बर्दिया, बझाङमा, बैतडी, अर्घाखाँचीमा मा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
कपिलवस्तु धादिङ र धनुषामा वैशाख २१ गतेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुनेछ ।
बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलगायत जिल्लाहरुमा १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा जारी छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ३६ बजे