४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


खुशीको खबर : भारतमा घट्दैछ कोरोना संक्रमण




२० बैशाख ०७८, नयाँ दिल्ली । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण घट्दै गइरहेको पाइएको छ । एजेन्सीहरुका अनुसार पछिल्लो पछिल्लो वैशाख २० गते तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् ।
गत वैशाख १९ गते भने भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको एजेन्सीहरुले जनाएका थिए । यो संख्या अघिल्लो दिनको तुलनामा झण्डै १४ हजार कम हो ।
गत बैशाख १८ गते भने अहिलेसम्मकै धेरै चार लाख एक हजार ९९३ कोरोना संक्रमित भेटिएको एजेन्सीहरुको समाचारमा जनाइएको छ ।
गत वैशाख १७ गते तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित रहेको संख्या बढेर ४ लाख पुगेको एजेन्सीको समाचारमा उल्येख थियो ।
भारतमा गत वैशाख १८ गते एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छ एजेन्सीहरुले जनाएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : २७ बजे